Sunday , September 19 2021

राजनीति

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ

१६ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । प्रदेश …

Read More »

वामदेवको मुद्दा आज सुनुवाई

असोज १६, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाई हुने भएको छ। संवैधानिक इजलासमा बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा आज सुनुवाई अघि बढ्न लागेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा …

Read More »

ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन राष्ट्रपतिको आग्रह

काठमाण्डौ: राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह गर्नुभएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु-स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उहाँले आ-आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान …

Read More »

प्रेस काउन्सिलका कावा अध्यक्ष बुढाथोकीका नौ सुत्रीय प्रतिबद्धता

असोज १५,काठमाडौं : प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले नौ सुत्रीय प्रतिबद्धता जारी गरेका छन्। तत्कालिन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएपछि काउन्सिलका वरिष्ठ सदस्यका हैसियतले बोर्ड बैठकबाट असोज ९ गते सो पदमा चुनिएका बुढाथोकीले बुधबार विभिन्‍न प्रतिबद्धता सार्वजनिक गरेका हुन। यस्ता छन्‌ उनले सार्वजनिक गरेका प्रतिबद्धता : १. …

Read More »

सानेपामा दर्ता भएको ९ पृष्ठ लामो विरोधपत्र

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोधपत्र दर्ता गराएको छ। सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपा पुगेर पौडेल पक्षका नेताहरु दीपक गिरी, नवीन्द्रराज जोशीलगायतले पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई विरोधपत्र बुझाएका हुन्। वरिष्ठ नेता रामचन्द्र …

Read More »

एसिड आक्रमणकारीलाई कारबाही गर्न बनेको अध्यादेश राष्ट्रपतिद्धारा जारी

काठमाडौं, १२ असोज: एसिड आक्रमण गर्नेमाथि कडा कारबाही गर्न बनेको अध्यादेश राष्ट्रपतिले जारी गर्नुभएको छ । एसिड आक्रमण गर्नेमाथि कडा कारबाहि गर्न बनेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश जारी …

Read More »

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

असोज ११, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। आज मध्यान्ह १२ बजे बैठक बोलाइएको महिला तथा बालबालिका मन्त्री पार्वत गुरूङले जानकारी दिए। ‘१२ बजे बैठक बस्ने भन्नेबारेमा जानकारी आएको छ। तर, के बिषयमा छलफल गर्ने एजेन्डाबारे जानकारी गराइएको छैन’ उनले भने। मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा …

Read More »

अब कुनै पनि निर्माण व्यवसायी र तालुकदार निकायले छुट पाउने छैनन : मन्त्री नेम्वाङ

पाँचथर: भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरु जारी रहेको बताउनुभएको हो । “ठूला …

Read More »

पर्यटन मन्त्री भन्छन् : साताको दुई दिन बिदा दिएर आन्तरिक पर्यटन बढाउँछौं

असोज १०,काठमाडौं : कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ। ६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश …

Read More »

रोग तथा भोकबाट जनताको जीवनको सुरक्षा गर्नु सरकारको सबैभन्दा ठुलो दायित्व हो : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औँल्याउनुभएको छ । ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्र सङ्घः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा न्युयोर्कमा …

Read More »