Sunday , September 19 2021

राजनीति

एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद, १० लाख जरिवाना

असोज ९, काठमाडौं : सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्ने भएको छ। एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने कानुन ल्याउन लागेको छ। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् सिफारिसमा राष्टपतिबाट अध्यादेश जारी गराएर एसिड पीडितलाई न्याय दिन लागेको हो। प्रधानमन्त्री केपी …

Read More »

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा ओली–प्रचण्ड

असोज ९, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ। मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्नका लागि अध्यक्षद्धय बीच भेटवार्ता सुरु भएको हो। मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता सुरु भएको अध्यक्ष …

Read More »

को को छन् मन्त्रीको दौडमा

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनमा अलमल गरिरहेपनि पार्टीभित्र दबाब बढेको छ । उनीमाथि मन्त्रीमण्डल पुर्नगठन छिटो गर्न दबाब आएपछि अमलम गर्न थालेका छन् । हिजोबाट पेरिसडाँडामा शुरु भएको नेकपा सचिवालय बैठक स्थगित हुनुमा मन्त्रीमण्डल पुर्नगठनको मापदण्डबारे कुरा नमिल्नु पनि कारण रहेको छ । …

Read More »

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, ६ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नु परेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामुहिक दायित्व भएको बताउनुभएको छ । राष्ट्रसङ्घ स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्युयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै उहाँले उक्त विश्व …

Read More »

राप्रपाको चुनाव चिह्न हलो, पार्टी एकता जोगाउन सहमती गरे : कमल थापा

असोज ६,काठमाडौं : पार्टी एकताको सात महिना पुग्नै लाग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको चुनाव चिह्न हलो राख्ने सहमति भएको छ। तत्कालीन राप्रपा र राप्रपा संयुक्तको हिजो भएको छुट्टा छुट्टै र सयुक्त छलफल पछि चुनाव चिन्ह हलोमा सहमति जुटेको पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए। हलो, पार्टी एकताअघि राप्रपा संयुक्तको चुनाव …

Read More »

नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरु

काठमाडौं, ४ असोज: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा शुरु भएको छ । तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरुको सहभागिता रहेको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक पार्टी एकतापछि पहिलो पटक …

Read More »

मोदीलाई ओलीको शुभकामना

काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिंदै दुई देशबीचको सम्बन्ध बलियो बनाउन मिलेर काम गर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मोदीलाई ट्विटरमार्फत जन्मदिनको शुभकामना दिंदै सुख र सुस्वास्थ्यको कामना गर्नुभएको छ । ट्विटरमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘जन्मदिनको शुभअवसरमा हार्दिक बधाई …

Read More »

‘दलित मुक्ति आन्दोलनलाई सफल बनाउन आर्थिक सशक्तीकरणमा जोड ‘

काठमाडौँ, ३१ भदौ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दलित मुक्ति आन्दोलनलाई सफल बनाउन उनीहरूको आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने बताउनु भएको छ । मन्त्री गुरुङले दुर्गम क्षेत्रका अशिक्षित, गरिब दलितहरूलाई आर्थिक रूपले सशक्त नबनाई उनीहरूको मुक्ति सम्भव नहुने पनि स्पष्ट पार्नु भयो । ”आज दलितहरु, जनजातिहरू, महिलाहरू समाजमा …

Read More »

कोल्टीमा इलाका प्रशासन राख्न माग

मार्तडी ३०, भदौ: यहाँस्थित उत्तरपूर्वी भेगको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्नका लागि चार स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् । सोमबार चार स्थानीय तहका प्रमुख, प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य र अन्य स्थानीयवासीको सर्वपक्षीय भेलाले उत्तरपूर्वी भेगमा इलाका प्रशासन कार्यालय राख्न सरकारसँग माग गर्ने निर्णय …

Read More »

डाक्टर गोविन्द केसीले जुम्लामा सुरु गरे आमरण अनशन

भदौ २९,काठमाडौं : डाक्टर गोविन्द केसीले जुम्लामा आमरण अनशन सुरु गरेका छन्। विभिन्‍न ६ बुँदे माग प्रस्तुत गर्दै डाक्टर केसीले सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेका हुन्। आफ्ना मागहरु सम्बोधनमा सरकारले चासो नदिएको भन्दै डाक्टर केसीले सोमबारदेखि आफ्नो १९ औँ पटकको आमरण अनशन सुरु गरेका हुन्। उनले आफ्ना मागहरुमध्ये …

Read More »