Sunday , November 29 2020
81656467_499061177630264_636388259185819648_n

पर्यटक आकर्षीत गर्न बनघुस्रीमा ‘होमस्टे’

 

दशरथ घिमिरे दाङ: राजमार्ग संग जोडिएको थारु बस्ती । पूर्व पश्चिम यात्रा गर्दा जो कोही पनि सजिलै पस्न सक्ने गाउँ । थारु समुदायको वाख्लो बस्ती रहेको लमही नगरपालिका वडा नं. ७ बनघुस्री गाउँलाई होमस्टे बनाइएको छ । थारु समुदायको परम्परागत संस्कृती र खानपान संस्कारलाई संरक्षण गर्ने उद्देश्यले सामुदायीक होमस्टे निर्माण गरिएको हो । नेपाल भ्रमण बर्षको अवसरमा लमही नगरपालिका भित्र आउने पर्यटकलाई आकर्षीत गर्न नगरपालिकाको सहयोगमा होमस्टे सञ्चालनमा ल्याइएको हो । अव वनघुस्री गाउँमा थारु समुदायको बिशेष खाना ढिक्री, खरीया, माछा, घोंगीको स्वाद चाख्न सकिने छ । साथै थारु समुदायको वड्का, झुम्रा नाच अवलोकन गर्न पाईने छ । परम्परागत रुपमा माछा मार्ने सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । जाल, खोंग्य, टापी, हेल्का, काठ बहिगा लगायतका सामाग्री अवलोकन गर्न सकिने छ । पर्यटकलाई थारु समुदायको कला संस्कृती अध्ययन अवलोकनका साथै स्पेशल थारु खाना चखाउने उद्देश्यले होमस्टे निर्माण गरिएको हो । आर्थिक रुपले विपन्न थारु समुदायका नागरिकको आय आर्जनको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने लक्ष्य समेत राखिएको छ ।‘थारु समुदायको कला संस्कृती संगै खानालाई संरक्षण गर्दै अरु माझ पु¥याउने उद्देश्य राखेका छौं’वनघुस्री होमस्टे सञ्चालक समितिका अध्यक्ष प्रेमलाल चौधरीले भने–‘हराउन थालेको थारु संस्कृतीलाई होमस्टेको माध्यमबाट संरक्षण हुने छ ।’ वनघुस्री गाउँमा करिब एक सय घरधुरी थारु समुदायको बसोवास छ ।

81442388_591469704963837_7780835123632537600_n

 

जस मध्य अहिलेलाई ४० देखी ५० घरधुरीमा पर्यटकलाई बास बसाउन मिल्ने व्यवस्था गरिएको छ । एकै पटक डेढसय जना जतीलाई बास बसाल्न सक्ने योजना रहेको छ । आईतबार बनघुस्री होमस्टेको उद्घाटन गरिएको छ । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले होमस्टेको उद्घाटन गरेका छन् । होमस्टेको उद्घाटन गर्दै उहाँले पर्यटन क्षेत्र समृद्धिको आधार भएको बताए । भाषा, कला, संस्कृती, सम्पदामा नेपाल धनी भएको र विश्वका पर्यटकहरु नेपालमा यही कला संस्कृती हेर्न आउने भएकाले लोपहुन थालेका कला संस्कृतीको संरक्षण गर्नुपर्ने बताए ।‘पर्यटन बर्षको अवसरमा होमस्टे उद्घाटन हुनु आफैमा राम्रो बिषय हो । पर्यटकहरुलाई यहाँको कला संस्कृतीले आईराख्ने बातावरण बनाउनुपर्छ’उहाँले भने–‘हामी कला संस्कृती, सम्पदामा धनी छौं । पर्यटकहरु पैसा तिरेर भएपनि हाम्रो संस्कृती अवलोकन गर्न आउछन् ।’ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षीत गर्नेगरी कार्यक्रमहरु ब्नाउन आग्रह गरे । ।

 

 

81656467_499061177630264_636388259185819648_n

 

होमस्टे सञ्चालक समितिका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले पर्यटकहरुलाई थारु संस्कृतीको अवलोकनका साथै कला, संस्कृतीको संरक्षण गर्न नगरपालिकाको सहयोगमा होमस्टे स्थापना गरिएको बताए । होमस्टे उद्घाटन कार्यक्रमलाई पूर्व सभासद योगेन्द्र चौधरी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, नगरपालिकाका उपप्रमुख देवका बेल्वासे, नेपाल कम्यूनिष्ट पार्टी नेकपाका लमही नगर सह–ईञ्चार्ज नारायण डिसी छम्पाली, नेपाली कांग्रेसका क्षेत्रिय सभापती भेषराज पाण्डे, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, लमही नगरविकास समितिका निवर्तमान अध्यक्ष घनश्याम सुवेदी, लगायतले मन्तब्य व्यक्त गरे । वडा नं. ७ का अध्यक्ष मोहन गिरीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन देउखुरी उद्योग बाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीले गरेका थिए ।

Check Also

dashain-1

आज घटस्थापना,दशैं शुरू

कोहलपुर: आज शनिबारदेखि यो वर्षको दशैंको घटस्थापना गरी दशैं मान्नेहरू दशैं मनाउन शुरू गर्ने भएका …