Sunday , September 19 2021

सरकारले केही गरेन भन्नु गलत हो : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, २२ साउन: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले केही गरेन भनेर गलत प्रचार गरिएको बताउनुभएको छ । दाङ लमहीस्थित नर्ती खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले हरेक क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै जनस्तरबाट पनि सरकारका कामको स्वागत हुनुपर्ने बताउनुभयो ।

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले खानेपानीका लागि संरचना बनाएर मात्रै नपुग्ने भन्दै पानीको स्रोत संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गर्नुभयो ।

दाङ पानीको स्रोत कम भएको जिल्लाका रुपमा रहेको भन्दै उहाँले जलासय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो । रासस

Check Also

Biplab-caders-nepal-001_B1Gqjrjqvh

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा‚ पत्रकारलाई प्रवेश रोक

तनहुँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय …