Sunday , September 19 2021

नगर प्रमुख ढकालको नेतृत्वको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौं प्रस्थान

चितवन २४ साउन: अयोध्या लगायत माडीका धार्मिक, एेतिहासिक र पुरातात्विक महत्वका विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ बोलाएपछि माडी नगरपालिका नगर प्रमुखको नेतृत्वमा प्रतिनिधि आज शनिबार काठमाडौं प्रस्थान गरेको छ ।

माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वको टोलीमा उप मेयर ताराकाजी महत्तो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो माडी नगरपालिका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरि सुवेदी,सिमाविध एवम् अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारी रहेका छन् ।

प्रतिनिधि मण्डलले आज बेलुकासम्म प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ । भेटमा अयोध्याको प्रसङ्ग, माडीका धार्मिक,पुरातात्विक र एेतिहासिक महत्वका बारेमा छलफल गर्नुका साथै माडी कुसुमखोला र सुकुम्बासी चेपाङ समुदायको स्थायी बसोबासको विषयमा कुरा गरिने नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो ।

माडी र अयोध्या सम्बन्धि चासो लिईरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार माडी नगरपालिका प्रवक्ता शिवहरि सुवेदीलाई फोन गरेर जानकारी समेत लिनुभएको थियो ।

Check Also

Biplab-caders-nepal-001_B1Gqjrjqvh

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा‚ पत्रकारलाई प्रवेश रोक

तनहुँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय …