Sunday , November 29 2020
Uday_FrJzrPjEvd

वरिष्ठ संगीतकार उदयशमशेर राणाको निधन

काठमाडौं : वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ। ७४ वर्षको उमेरमा अमेरिकाको सियाटलमा उनको सोमबार निधन भएको हो। राणा नारायणगोपाल र गोपाल योञ्जनका समकालीन संगीतकार हुन्।

उनको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्र, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डेसहितले गीत गाएका छन्। संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Check Also

rajaram-poudel-also-flim-producer-84076

पाँडे र पौडेललाई भैरव पुरस्कार

नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार …