Monday , January 25 2021

कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाइँदै

काठमाडौँ, २३ कात्तिक: सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरूक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट टे«सिङ समूह गठन गरेर टे«सिङलाई व्यापक बनाउने जानकारी दिनुभयो । अहिले काठमाडौँ उपत्यकामा १५ वटा कनट्याक्ट टे«सिङ समूह रहेका छन् ।

देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले टे«सिङ गरिरहेका थिए । ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहानगरपालिकामा ३३ र ६ महानगरपालिकामा ३० टोली परिचालन गरिएका छन् ।

उहाँका अनुसार सरकारले पहिले काठमाडाँै उपत्यकामा टे«सिङलाई केन्द्रित गर्ने र त्यसपछि उपत्यका बाहिर गर्ने छ । त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्तिलाई तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सबैको ट्रेसिङ गर्ने छ ।

Check Also

डोल्पामा सुत्केरी जोगाउन सहयोग जुटाएर हिटर किनियो

डोल्पा : हिमाली जिल्ला डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन स्थानीय ३ जना डाक्टरहरूले ग्यास हिटर …