Sunday , November 29 2020
delhi_bm2ElTWXsp

साविक विजेता ‘मुम्बई’ पाँचौ पटक च्याम्पियन !

एजेन्सी: साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी२० क्रिकेटको १३औं संस्करणको उपाधि जितेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।

सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा पराजित भएको मुम्बईले त्यसयता हरेक फाइनलमा जित हात पार्दै उपाधि जितेको छ । मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो । मुक्बईका कप्तान रोहित शर्माले समग्रमा छैटौं पटक उपाधि जिते । उनले सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दै उपाधि जितेका थिए ।

उनै कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेलेपछि मुम्बईले दिल्लीले दिएको १५७ रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर रोहितले ६८ रन बनाए । उनले ५१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । इशान कसनले अविजित ३३ रन योगदान गरे ।

रोहितले पहिलो विकेटका लागि क्वीन्टन डे कक र दोस्रो विकेटका लागि सूर्य कुमार यादवसंग समान ४५ रनको साझेदारी गरे । डेक पाँचौ ओभरको पहिलो बलमा २० रन बनाएर आउट भए । डे ककलाई दिल्लीका मार्कुस स्टोइनिसले ऋषभ पन्तद्वारा क्याच आउट गराए । ११औं ओभरको पाँचौ बलमा रनिङ विटविन र विकेटमा तालमेल नमिल्दा सूर्यकुमार १९ रन बनाएर रनआउट भए । रोहितले तेस्रो विकेटका लागि इशान किसनसंग ४७ रनको साझेदारी गरे । इशन किसनले १९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए । दिल्लीका लागि एनरिक नोर्किएले २ तथा कागिसो रबाडा, र मार्कुस स्टोइनिसले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयास ऐर र विकेटकिपर ऋषभ पन्तले अर्धशतक बनाए भने अन्य ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन् । कप्तान श्रेयासले अविजित ६५ रन बनाए । उनले ५० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै ऋषभ पन्तले ३८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५६ रन जोडे ।

Check Also

gwadi_HH1mpZFmmX

म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण

काठमाण्डाै: म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालाले क्लबसँग …