Sunday , November 29 2020
sachibalaya asar 6-2(1)

मंसिर १८ मा स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बस्‍ने

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक मंसिर १८ गते बस्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले १८ गते सचिवालय बैठक बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस्तै, मंसिर १५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई १० दिनपछि सारिएको उनले बताए। यसअघि पनि कात्तिक १५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक पार्टीभित्रको विवादको कारणले स्थगित गरिएको थियो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरु भएको बैठक दिउँसो ३ बजेसम्म चलेको थियो।

१० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजको बैठकमा पार्टीमा देखिएको बिवाद समाधानका लागि प्रस्ताव बनाएर छलफल गर्ने सहमति भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

केन्द्रीय कमिटीको बैठक २५ र १८ गते स्थायी कमिटीको बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता श्रेष्ठले बताए। आजको बैठकमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ९ सचिवालयका ९ जना नै सहभागी रहेको जनाइएको छ। अब १३ गते बैठक बस्नेछ।

Check Also

fire-khatun_8j2slOqSZJ

खातुन हत्या प्रकरण : आरोपितको घरमा स्थानीयले आगो लगाए

महोत्तरी: महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा …