Sunday , November 29 2020
juwa_JiUo1eZOEE

दाङमा जुवातास : १५ लाख रकमसहित ६५ जुवाडे समातिए

दाङ : दाङमा प्रहरीले विभिन्न समयमा १५ लाख बढि रकमसहित ६५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको चाड पर्व सुरक्षा योजनाअन्तर्गत दशैँ तिहारमा हुने जुवा अपराधलाई निरुत्साहित गर्न संचालन गरिएको जुवा अप्रेशन अन्तर्गत जिल्लाका विभिन्न स्थानमा अवैध जुवा तास खेल्ने र खेलाउने गरी ६५ जना व्यक्तिसहित १५ लाख १८ हजार २२० रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

तुलसीपुर उपमहानगरपालिका ६ बाट गत असोज ६ र १९ गते १ लाख १९ हजार ५ रुपैयाँसहित २२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यस्तै असोज २९ गते तुलसीपुर १ बाट २४ हजार ३५६ रुपैयाँसहित ५ जना, असोज १८ गते बबई गाउँपालिका ३ धनुवासबाट २ लाख ६१ हजार ९९० रुपैयाँसहित ८ जना पक्राउ गरेको र उनीहरूलाई जनही ५ हजार जरिवाना र जनही ६ हजार धरौटीसहित कानुन कारबाही गरिएको प्रवक्ता खड्काले बताए।

त्यस्तै, असोज १८ गते राप्ती गाउँपालिका ८ सिसहनियाँबाट २ लाख ६० हजार १२५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको र उनीहरूलाई जनही १५ हजार धरौटीसहित कारबाही गरिएको छ। त्यसैगरी असोज २६ गते घोराही १४ बाट ७० हजार ४३५सहित ३ जना पक्राउ परेका र उनीहरूले जनही ९ हजार, कात्तिक २ गते घोराही १५ बाट १ लाख २७ हजार ९९० रुपैयाँसहित ५ जना र उनीहरूलाई जनही १० हजार ५००, कात्तिक १२ गते घोराही १० बाट ६२ हजार ९३५ रुपैयाँसहित ४ जना र उनीहरूलाई जनही ८ हजार, धरौटीसहित कारबाही गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी कात्तिक १६ गते घोराही १८ बाट ३ लाख २३ हजार ६० रुपैयाँँसहित ५ जना र यहि मंसीर २ गते घोराही १६ बाट २ लाख ६८ हजार ३१५सहित ७ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Check Also

Nabin_Budhathoki_MnkQ4CprKd

कोरोनाबाट सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकी र पूर्वगाविस अध्यक्ष वान्तवा राईको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको …