Sunday , November 29 2020
argentina_D1uWd2i8PF

विश्वकप छनोट खेलमा अर्जेन्टिनाले पेरु र ब्राजिलले उरुग्वेलाई हरायो

काठमाण्डाै: सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले हराएको छ । पेरुमा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २ गोल गरेको हो । अर्जेन्टिनाका निकोलास गोन्जालेसले खेलको १७ औं मिनेटमा र लाउटरो मार्टिनेजले २८ औं मिनेटमा गोल गरे । जितपछि अर्जेन्टिना ४ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरु १ अंक सहित नवौं स्थानमा छ ।

त्यस्तै अपराजित ब्राजिलले उरुग्वेलाई २-० गोलले हराएको छ । ब्राजिलले पनि पहिलो हाफमै २ गोल गरेको थियो । ३४ औं मिनेटमा आर्थर र ४५ औं मिनेटमा रिचर्डलिसनले गोल गरेका हुन् ।

Check Also

gwadi_HH1mpZFmmX

म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण

काठमाण्डाै: म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालाले क्लबसँग …