Sunday , November 29 2020
corona_death_2

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कोहलपुर: बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहिबार बिहान कोहलपुरमा मृत्यु भएको हो । तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६, दाङका ५६ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहिबार बिहान २:२० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोनाको आशंकामा कात्तिक २४ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र २५ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपस्चात उनि २६ गतेसम्म होम आइसोलेसनमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी नोटमा जनाइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई २७ गते बिहान ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।
अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, एन्टिफ्ल्यु, एन्टिबायोटिक्स, भेन्टिलेटर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहिबार बिहान २:२० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल कोभिड पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यो सङ्गै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४१ पुगेको छ । यसअघि बाँके जिल्लाका ३७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ ।

Check Also

Nabin_Budhathoki_MnkQ4CprKd

कोरोनाबाट सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकी र पूर्वगाविस अध्यक्ष वान्तवा राईको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको …