Sunday , November 29 2020
gold_Ql9ORP65Lv

सुनको भाउ तोलामा ७०० घट्यो

काठमाडौं : नेपाल बजारमा सुन भाउ लगातार ओरोलो लागेको छ। कोरोना भाइरस विरुद्धको केही खोपहरूमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो।

खोपहरुमा आशा पलाउनुका साथै विश्वका अर्थ व्यवस्था खुला हुन थालेपछि लगानीकर्ताले सुरक्षित मानिने सुनमा लगानी घटाएर अन्य क्षेत्रमा लगानी बढाउन थालेसँगै सुनको भाउ घट्न थालेको छ।

आज नेपाली बजारमा सुनको भाउ तोलामै ७०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तिहारको बिदा पछि बुधबारबाट सुनको कारोबार खुलेको थियो। बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २१५ रुपैयाँ कायम भएको छ।

Check Also

world_bank_lJGFV1PVsw_cttKoNFUIl

विश्व बैंक र अर्थ मन्त्रालयबीच ४२ अर्बको आर्थिक सम्झौता

काठमाडौं : नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ …