Sunday , November 29 2020
rara-lake-scaled

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५ दशमलव ९ डिग्री

काठमाडौं : अहिले देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि उच्च पहाडी र हिमाली एक दुई स्थानको मौसम बदली हुनु बाहेक देशभर सफा रहने महाशाखाकी मौसमबीद् शान्ति कंडेलले जानकारी दिइन्। उनका अनुसार मौसम बदली गराई वर्षा र हिमपात गराउने प्रणाली सक्रिय नभएका कारण मौसम सफा रहनेछ।

काठमाडौं उपत्यकासहित देशभर निरन्तर चिसो भने बढीरहेको छ। उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

Check Also

Nabin_Budhathoki_MnkQ4CprKd

कोरोनाबाट सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकी र पूर्वगाविस अध्यक्ष वान्तवा राईको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको …