Sunday , November 29 2020
223

बाँकेमा शुक्रबार थप १६ जना संक्रमित डिस्चार्ज

बाँके: बाँकेमा शुक्रबार थप १६ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन । यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ४ सय ३० पुगेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेका ८ महिला र ८ पुरुष गरी १६ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई कात्तिक २५ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

फोकल पर्सन श्रेष्ठका अनुसार बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६ सय ४६ रहेको छ भने ३७ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । विभिन्न आइसोलेसन केन्द्रमा १ सय ७९ जना सक्रिय संक्रमित उपचाररत छन् ।

बाँकेमा कोरोनाबाट ज्यान गुमाउने संक्रमित कुन ठाउँका कति?

बाँकेमा कोरोना संक्रमणबाट जिल्ला भित्रका ३७ जना र जिल्ला बाहिरका ४४ जना गरि हालसम्म ८१ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार बाहिर जिल्लाबाट उपचारको लागि बाँकेमा आई भर्ना भएर उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेमा दाङका १८ जना, बर्दियाका ८ जना, कैलालीका ४ जना, कन्चनपुरका ४ जना, सुर्खेतका ३ जना, दैलेखका २ जना, अर्घाखाँचीका १ जना, रुकुम पश्चिमका १ जना, अछामका २ जना र रोल्पाका १ जना गरि ४४ जना रहेका छन् भने जिल्ला भित्र नेपालगंजका २४ जना, कोहलपुरका ७ जना, खजुराका २ जना, बैजानाथका १ जना, राप्ति सोनारीका १ जना, जानकीका १ जना, नरैनापुरका १ जना गरि ३७ जना रहेका छन् ।125763196_4460154577349727_22324741844260040_n

कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार कोरोनाबाट ज्यान गुमाएका ८१ जना मध्ये उपचारका क्रममा भेरी अस्पतालमा ३६ जना, नेपालगंज मेडिकल कलेज कोहलपुरमा ४२ जना, नरैनापुर क्वारेन्टाइनमा १ जना ,वेस्टर्न अस्पतालमा १ जना र होम आइसोलेसन १ जनाको मृत्यु भएको हो ।

Check Also

Nabin_Budhathoki_MnkQ4CprKd

कोरोनाबाट सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकी र पूर्वगाविस अध्यक्ष वान्तवा राईको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको …