Sunday , November 29 2020
gwadi_HH1mpZFmmX

म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण

काठमाण्डाै: म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । ग्वार्डीवालाले सन् २०२३ सम्म क्लबमा रहने गरी नयाँ सम्झौता गरेका हुन् ।

स्पेनिस प्रशिक्षक ग्वार्डीवालाको सम्झौता यसै सिजनको अन्त्यमा सकिने थियो । तर, सिटी सम्झौता नसकिँदै ग्वार्डीवालालाई क्लबमा राख्न सफल भएको छ । ४९ वर्षका प्रशिक्षक सन् २०१६ मा सिटी आएका थिए । सिटीलाई उनले दुई पटक प्रिमियर लिगको उपाधि दिलाएका छन् । उनले सन् २०२३ सम्म रहने गरी सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Check Also

argentina_D1uWd2i8PF

विश्वकप छनोट खेलमा अर्जेन्टिनाले पेरु र ब्राजिलले उरुग्वेलाई हरायो

काठमाण्डाै: सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले …