Saturday , April 17 2021

अज्ञात समूहको आक्रमणमा परेर रुकुम पूर्वका पूर्व उप–प्रधानपञ्चको निधन

रुकुम पूर्व: अज्ञात समूहको आक्रमणमा परि घाइते भएका साबिक रुकुमको जाङ गाविसका पूर्व उप-प्रधानपञ्च रणबहादुर घर्तीको निधन भएको छ । रुकुम पूर्वको पृथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ खारखोला निवासी ७४ वर्षीय घर्तीको सोमबार राति काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो ।

गएको कार्तिक २९ गते घरमै बसेको समयमा ३ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले उहाँमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर गम्भीर घाइते हुनुभएका घर्तीलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्व, दांग, नेपालगञ्ज हुँदै काठमाण्डौ पुर्याइएको थियो ।

घरमै रहेको अवस्थामा आक्रमणकारीहरुले फलामको घन, लाठी, हम्बरले आक्रमण गरेको परिवारका सदस्यहरुले बताएका छन् । आक्रमणमा परेर घर्तीका श्रीमती र छोरी समेत घाइते भएका थिए । रोइकराई गरेपछि बुवालाई घाइते अवस्थामै आक्रमणकारीहरुले छोडेर भागेको रणबहादुरको छोरी लक्ष्मी घर्तीले बताउनुभयो ।

आक्रमणमा संलग्न भएको भन्दै पीडितले तीन जना व्यक्ति बिरुद्ध किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले किटानी जाहेरीमा परेकाहरु फरार रहेको उनीहरुको खोजिकार्य भैरहेको बताउनुभयो ।

Check Also

20210815938_bf1kxuow6jsa6iulyrwj

विस्थापित हुँदै हात्ती

चितवन: जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका …