Friday , March 5 2021

११० रनमै समेटियो सुदूरपश्चिम, दीपेन्द्र र सागरको घातक बलिङ

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई १ सय ११ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय १० रन बनायो। सुदूरपश्चिमका लागि खडकबहादुर बोहोराले सर्वाधिक ४० रन बनाए।

यस्तै, सन्जु दमाइले ३५, अरुण ऐरीले १३ अर्जुन साउदले १० रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका पाँच ब्याट्सम्यान शून्य रनमा आउट भए। पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले घातक बलिङ गरे। दीपेन्द्रले ६.१ ओभरमा २ मेडन राख्दै १० खर्चेर ४ विकेट लिएका हुन्। ढकालले १० ओभरमा ३ मेडनसहित १८ रन दिएर ४ विकेट लिए।

Check Also

RS_KTM_Sports-2h

मध्यपुरको निगु पुखुमा २६ खेलाडीलाई ‘एनएनआईपीए स्पोर्टस अवार्ड’बाट सम्मान

भक्तपुर, ९ फागुन: नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले १३औं दक्षिण एशियाली खेलकुद सागमा पदक …