Friday , March 5 2021
60063fdd4e529_5f1e1b044ee65_विद्यालय-1

माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने

कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रकाभित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् । आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो ।

60063fdd4e529_5f1e1b044ee65_विद्यालय-1
गाउँपालिकाले निजी तथा सामुदायिक विद्यालयका लागि स्यानिटाइजर उपलब्ध गराउने भएको छ भने मास्क स्वयं विद्यार्थीले आफ्नै खर्चमा लगाएर विद्यालय उपस्थित हुनुपर्ने जनाएको छ । यसभन्दा अगाडि गाउँपालिकाले गत कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गरेर एक हप्तासम्म पठनपाठन गरेको भए पनि उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय याल्वाङमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएपछि बन्द गरिएको थियो ।

जिल्लामाा फागुन पहिलो सातामा नयाँ शैक्षिक सत्र शुरु भई मङ्सिरमा वार्षिक परीक्षा भएर हिउँदे तीन महिना बिदा हुने गर्दथ्यो । विद्यार्थीको पढाइमा बाधा पुगेपछि १५ दिन अगाडि नै विद्यालय सञ्चालन गरिने भएको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्लाका अन्य गाउँपालिकाका विद्यालय कोरोना त्रासले बन्द छन् ।

जिल्लामा हालसम्म ९१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो तीमध्ये ९० निको भएर घर फिर्ता भइसकेका जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

Check Also

1614307240

यातायात सेवा कार्यालय भरतपुरमा सेवाग्राहीलाइ सास्ती

चितवन,१४,फागुन: यातायात सेवा कार्यालय भरतपुरमा सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको पाइएको छ । अन्य समयमा …