Friday , March 5 2021
fountain

नेपाली सेनाले प्यूठानमा बनायो वाटर फाउन्टेन

सलिम अन्सारी
बिजुवार, fountain नेपाली सेनाले प्यूठानमा सुविधा सम्पन्न पानीको फोहरा –वाटर फाउन्टेन बनाएको छ । नेपाली सेनाको इन्द्रध्वज गणले स्वर्गद्धारी नगरपालिका –२ मा वाटर फाउन्टेन बनाएर स्थानीयलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको सामाजिक आर्थिक पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत २५ लाख रुपियाँ लगानीमा म्युजिकल वाटर फाउन्टेन बनेको इन्द्रध्वज गण प्यूठानका गणपति अर्जुन बिक्रम थापाले जानकारी दिनुभयो । ‘ यस्ले स्वर्गद्धारीको पर्यटकीय विकासमा टेवा पुग्नेछ ।’ उहाँले भन्नुभयो ।

मन्दिर आउजाउ गर्दा दर्शनार्थीहरुले यस्लाई मनोरञ्जन तथा विश्रामस्थलको रुपमा उपयोग गर्न सक्ने थापाको भनाइ छ । वाटर फाउन्टेनको बुधबार नेपाली सेनाका सहायकरथी, १९ नम्बर बाहिनीपति मदन कुमार केसीले उद्घाटन गर्नुभयो ।

सो अबसरमा बोल्दै उहाले यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो । करिब ३५ रोपनी क्षेत्रफल जग्गामा फैलिएको उक्त फाउन्टेन डिभिजन बन कार्यालयसँगको सहकार्यमा पानीको फोहरा, प्रवेश गेट, सडक लगायतका संरचना निर्माण गरिएको नेपाली सेनाले जनाएको हो ।

Check Also

1614307240

यातायात सेवा कार्यालय भरतपुरमा सेवाग्राहीलाइ सास्ती

चितवन,१४,फागुन: यातायात सेवा कार्यालय भरतपुरमा सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको पाइएको छ । अन्य समयमा …