Saturday , April 17 2021
Mayor_cup_M6eD9vU5oG

हेटौंडामा मेयरकप फुटबल, विजेतालाई दुई लाख

मकवानपुर : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आजबाट ‘मेयरकप’ फुटबल प्रतियोगिता’ सुरु हुँदैछ। नगर खेलकुद विकास समिति हेटौंडा उप-महानगरपालिले आयोजना गरेको प्रतियोगिता हेटौंडा ४ स्थित लोकतान्त्रिक चौरमा हुनेछ। प्रतियोगिताको दिउसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नेछन्।

उद्घाटन खेलमा हेटौंडा उप-महानगरपालिको वडा नम्बर एक र एघार नम्बर टीम भिड्नेछन् । फागुन २४ गतेसम्म चल्ने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका सबै १९ वटा वडाका टीम सहभागि हुने नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैंया र उप-विजेताले एकलाख ५० हजार रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Check Also

cavani-goal_jnwXV2hcTP

म्यानचेस्टर युनाइटेडसँग टोटेनह्याम हट्सपर ३–१ ले पराजित

इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनह्याम हट्सपरलाई पराजित गरेको छ। टोटेनह्यामको घरेलु …