चितवन,१४,फागुन: यातायात सेवा कार्यालय भरतपुरमा सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको पाइएको छ । अन्य समयमा ५ मिनेटमा सम्पन्न हुने काम आवस्यक सबै कागजात र प्रक्रिया पुर्याउदा समेत कर्मचारीहरुले अनावस्यक दुख दिदा पटकपटक दुख पाउने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । पुर्वि चितवनको टाँडिवाट पर्मिट सेवा लिन आएका बिपिन कुमाल कर्मचारिको लापरबाहीले पहिले ५ मिनेटमा हुने काम अहिले दिनभर बस्दा समेत नभएपछि २÷३ आउनु परेको गुनासो गर्छन ।
यस्तै बिलबुक जाँचपास र परमिट नविकरण गर्न आएका पुर्वी चितवनकै खैरहनिका पशुपति वर्तौला पनि कर्मचारिको कारण समयमा काम नबनेको गुनासो गर्छन । “गाडि बिग्रेर ग्यारेजमा छ, तरपनि राजस्व बुझाउन आएको छु सामान्य कामलाइ पनि यताबाट उता र उता बाट यता गराउँछन । कँहि कर्मचारी भेटिदैनन् । बिग्रेको गाडि ल्याउन सम्भव छैन । जाँच पास र राजस्व समेत बुझ्दिदैनन् । जसकारण डवल राजस्व बुझाउनु पर्ने बाध्यता भयो । ”
यस्तै पुर्ण वहादुर थापा गाडिको रुटप्रमिट गर्न आएकोमा अहिले हुदैन भन्दै कर्मचारि झर्किएको गुनासो गर्छन । “आफुहरुले चलाउदै आएको ठाउँको प्रमिट समेत दिदैनन् हुदैन भन्छन, अहिले रुट थप्ने कार्यमा समेत यसरी हुदैन भन्दै अनावश्यक झमेला बनाउछन् तर पनि दिदैनन् । जाँचपास समेत दिएनन् ।”
यस्तो लापरबाहीमा संबन्धित निकाय भने वेखबर देखिन्छ । कार्यालयका सुचना अधिकारी गोबिन्द पौडेल भने थोरै जनशत्तीका बिच धेरै सर्बसाधरणलाई सेवा दिनु परेको र मानिसहरुको अत्यधिक चापका कारण मानिसहरु केही समय पालोमा मात्रै रहेको जिकीर गर्छन् । साथै उनले कर्मचारीबाट त्यस्तो नभएको र सेवाग्राहीले आफ्नो पालो सम्म कुर्न गाह्रो भएपछि आरोप लगाउने काम मात्रै गरेको बताएका छन् ।