Thursday , May 13 2021
cavani-goal_jnwXV2hcTP

म्यानचेस्टर युनाइटेडसँग टोटेनह्याम हट्सपर ३–१ ले पराजित

इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनह्याम हट्सपरलाई पराजित गरेको छ। टोटेनह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युनाइटेडले ३–१ गोलको पुनरागमन जित निकालेको हो।

खेलको पहिलो हाफमा १–० गोलले पछि परेको युनाइटेड दोस्रो हाफमा ३ गोल गर्न सफल भयो। खेलको ४० औ मिनेटमा लुकास मोउराले दिएको पासलाई सन ह्युङ मिनले गोलमा परिणत गरेपछि पहिलो हाफमा टोटेनह्यामले १–० गोलको अग्रता लिएको थियो।

५७ औं मिनेटमा युनाइटेडका फ्रेडले गोल गर्दै पछि खेललाई १–१ गोलको बराबरीमा ल्याए। ७९ औँ मिनेटमा मेसन ग्रिनउडको पासमा एडिसन काभानीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए।

इन्ज्युरी समयमा पाउल पोग्बाको पासमा ग्रिनउडले गोल गर्दै टोलीलाई ३–१ को गोल जित सुनिश्चित गराए। यो जितसँगै युनाइटेडले लिगको दोस्रो स्थानमा ६३ अंक जोडेको छ।

पहिलो स्थानका म्यानचेस्टर सिटीको ७४ अंक छ। ५५ अंक जोडेको वेस्टह्याम चौथो स्थानमा छ। पाँचौ स्थानमा रहेको चेल्सीको ५४ र छैटौं स्थानको लिभरपुलको ५२ अंक छ। गएराति पराजित टोटेनह्याम ४९ अंकसहित सातौं स्थानमा छ।

Check Also

banglore_BGbnTl6hnh

इन्डियन प्रिमियर लिग : जो ९९ रनमा नटआउट रहे

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) मा धेरै मौकाहरू यस्ता छन् जहाँ खेलाडी शतकबाट एक …