Thursday , May 13 2021
index

कोभिडको संक्रमण बढे सगै कोहलपुरका शैक्षिक सस्था बन्द भए

कोहलपुर बैशाख ३

कोहलपुर नगरपालिकाindexमा आज बिहान बसेको सरोकारबालाहरुको बैठकले बाँके जिल्लामा पनि कोभिड संक्रमणको जोखिएकोले बढदै गएकोले आगामी आइतबार ५ गते देखि १० गते सम्मको लागी कोहलपुर नगरपालिका भित्र रहेका सम्पुर्ण शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर राबतले बताउनु भएको छ ।
नेपालगन्जमा रहेका बिद्यालयमा कोभिड संक्रमणको कारण देखाउदै नेपालगन्ज उपमहानगर पालिकाले पनि त्यस क्षेत्रमा रहेका सम्पुर्ण शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । त्यसै सग सिमाना जोडिएको कोहलपुर पनि कोभिडको उच्च जोखिम हुने सक्ने भन्दै पहिलो चरणमा बिद्यालय बन्द गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । बिस्तारै अबस्था हेरेर भिडभाड हुने स्थानहरुलाई समेत बन्द गर्ने तयारी गरिएको श्रोतले बताएको छ । कोहलपुर मा रहेका कृषि हाट बजारहरुमा पनि भिडभाड हुने हुदा त्यसलाई समेत केही समयको लागी बन्द गनु पर्ने बिज्ञहरुले बताएका छन

Check Also

IMG_20210512_113153

बर्दिया कोभिड अस्पतालभित्रै मनाइयो नर्सिङ दिवस

बर्दिया: बर्दिया मधुबन नगरपालिका अन्तर्गत अस्थायी कोभिड अस्पतालले बिश्व नर्सिङ दिबशको उपलक्ष्यमा कोरोना संक्रमित बिरामीहरुलाई …