Saturday , June 12 2021
birat_gold_cup_6TkuXmm7ak

न्यू क्यासलसँग तेस्रो स्थानको लेस्टर सिटी पराजित

काठमाण्डाै: इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडसँग लेस्टर सिटी पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा न्यूक्यासलले तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलका लागि क्यालम विल्सनले ६४ र ७३ औं मिनेटमा गरी दुई गोल गरे भने जो विलक २२ औं मिनेट तथा पल डुमेटले ३४ औं मिनेटमा एक/एक गोल गरे । लेस्टर सिटीका लागि ८० औं मिनेटमा मार्क अलब्राइटनले र ८७ औं मिनेटमा केलिची इहिनाचोले गोल गरे । जितपछि १३ स्थानको न्यूक्यासलको ३५ खेलबाट ३९ अङ्क भएको छ भने पराजित भएको लेस्टर सिटी ६३ अङ्कसहित तेस्रो स्थानमा छ।

Check Also

nepali_football_team_UQF3YaaC0n

फिफा विश्वकप र एसिया कपकाे छनोटका लागि नेपालले आज ताइपेईसँग खेल्दै

काठमाण्डाै: सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले …