Saturday , June 12 2021
birat_gold_cup_6TkuXmm7ak

नेपाल सुपर लिग फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदै

काठमाण्डाै: नेपाल सुपर लिग एनएसएल फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदैछन् । प्ले अफको पहिलो खेलमा आज बेलुकी साढे पाँच बजे काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् ।

काठमाण्डौ ६ खेलमा चार खेल जित्दै १३ अंक बटुलेर अन्तिम चारमा पुगेको हो भने धनगढी १० अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणको खेलमा धनगढीले काठमाण्डौलाई ३–० गोलले हराएको थियो ।

आज जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । हार्ने टोलीले भने बुटवल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।

Check Also

Latviya_tqrH9Glb8I

लात्भियाको पोष्टमा जर्मनीको आधा दर्जन बढी गोल

काठमाडौं : जर्मनीले युरोकप अघिको अन्तिम मैत्रिपुर्ण खेलमा लात्भियामाथि ७-१ को प्रभावशाली जित निकालेको छ। …