Saturday , June 12 2021
IMG_20210512_113153

बर्दिया कोभिड अस्पतालभित्रै मनाइयो नर्सिङ दिवस

बर्दिया: बर्दिया मधुबन नगरपालिका अन्तर्गत अस्थायी कोभिड अस्पतालले बिश्व नर्सिङ दिबशको उपलक्ष्यमा कोरोना संक्रमित बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।

बिश्वब्यापि भयाबह महामारीको अबस्थामा पनि आफ्नो स्वस्थ्यमा आई पर्ने संकटलाई समेत प्रवाह नगरी पेशागत मर्म र मानबतालाई अगाल्दै हामी बिरामीको सेवामा अहोरात्र खटेका छौ कोभिड अस्पतालको नर्सिङ इन्चार्ज सृजना अर्याल भन्नुभयो । यो लडाईमा सबै मिलेर लडे मात्र जित्न सम्भब भएको बताउदै अर्यालले रोगलाई सामान्य किसिमले नसोच्न आम जनमानसमा अपिल गर्नुभयो ।IMG_20210512_110123

कोरोना पोजेटिभ देखिदैमा मरिन्छ भन्ने भ्रम छोडौ आत्मबल , आत्मबिश्वास बलियो भय सजिलै कोरोना जित्न सकिने भएकाले ब्यक्ति आफू संयमित हुदै अन्य बिरामीलाई हौसला प्रदानगर्नुपर्ने अर्यालको थप कथन रहेको थियो ।

अहिले गाउँ गाउँमा संक्रमितहरु धेरै मात्रामा रहेको भन्दै नर्स शोभा नेपालीले लापरबाही नगरौ होम आइसोलेसनमा बसेकाहरु लाई हौसला दिउ कतिपय ठाँउमा कोरोना लागेको बिरामीलाई समाज र घर परिवारबाट दुब्र्यबहार हुने गरेको र मनोबल कम्जोर बनाउने जस्तो कार्य गरेको पाइएकाले यस्ता अमानबिय कार्य नर्गन नर्श नेपालीले आब्हान समेत गर्नुभयो ।IMG_20210512_110210

Check Also

narottam_baidya_T5AvfNVnIx

नरोत्तम वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन्। शुक्रबार बसेको …