Saturday , June 12 2021
rijal2

संक्रमितको घरघरमा पुग्छन वडाध्यक्ष रिजाल

बाँके: बाँकेमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण तिब्र गतिमा फैलिरहेको छ । नयाँ भेरिएसन सहित समुदायस्तरमा फैलिएको कोरोना भाईरसले बाँकेको जनजिवन अस्तब्यस्त बनेको छ । हरेक दिन दर्जन बढिले कोरोना संक्रमणकै कारण ज्यान गुमाईरहेका छन । स्थानिय पालिका र अस्पतालले समेत प्रयाप्त मात्रामा कोरोना रोकथाम तथा संक्रमितको उपचारमा ध्यान दिन सकिरहेका छैनन् । यस्तो अवस्थामा कोहलपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भने उदाहरणको पात्र बनेका छन ।

कोहलपुर नगरपालिकाका प्रवक्ता समेत रहेका माधव रिजाल हरेक दिन कोरोना संक्रमण भएर होम आईशोलेशनमा बसिरहेका आफ्ना नागरीकलाई भेट्न घरघर मै पुग्ने गरेका छन । किचित्सक सहितको टिम लिएर संक्रमितको घरदैलोमा पुग्ने गरेका वडाध्यक्ष रिजाल कोहलपुर नगरपालिकाका सबैभन्दा कान्छा वडाध्यक्ष समेत हुन ।

डा. देवेन्द्र आचार्य, वडा सचिव प्रकाश केसी, स्टाप नर्स अनिता घर्ती, स्वास्थ्य कार्यालय सहयोगी ज्योती आचार्य लगाएलको टोलीले हरेक दिन होम आईशोलेशनमा बसेका वडावासीहरुको स्वास्थ्यअवस्थाको निरिक्षण गरी आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको वडाध्यक्ष रिजालले जानकारी दिए ।

वडाध्यक्ष रिजालका अनुसार ३ नं. वडामा ६३ जना कोरोना संक्रमित रहेका छन । जसमध्ये मंगलबारसम्म ३३ जना कोरोना संक्रमणमुक्त भईसकेका छन भने अन्यको अवस्था सामान्य रहेको छ ।

वडा कार्यालयले हरेक दिन कोरोनाका विरामिहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै डाक्टरको सल्लाह अनुसार नि शूल्क औषधी समेत वितरण गर्दै आएको रिजाल बताउँछन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका डक्टर देबेन्द्र आचार्य नेतृत्वको टोलीले हरेक दिन बिरामीको स्वास्थ्य अवस्था चेकजाँच गर्ने गरेको र जटिल अवस्थामा रहेका बिरामीहरुलाई अस्पतालमा रिफर गर्ने गरेको रिजालले जानकारी दिए ।

Check Also

narottam_baidya_T5AvfNVnIx

नरोत्तम वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन्। शुक्रबार बसेको …