Sunday , July 25 2021
narottam_baidya_T5AvfNVnIx

नरोत्तम वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन्। शुक्रबार बसेको संसद बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए। उनले उक्त अभिव्यक्ति शनिबार बसेको संसद बैठकको सुरुवातमा नै समय लिएर उक्त अभिव्यक्ति फिर्ता लिएका हुन्।

बैठकको सुरुवातमै सभामुख सानुकुमार श्रेष्ठले वैद्यलाई समय दिएका थिए। वैद्यले वाक स्वतन्त्रताको प्रयोग गरेर निर्धक्कसँग बोल्न पाउने अधिकारको प्रयोग गर्दै बोल्ने क्रममा आफूले आवश्यकताभन्दा धेरै बोलेको भन्दै माफी मागेका छन्।

‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन,’ सांसद वैद्यले भने, ‘संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु। त्यसलाई म फिर्ता लिन चाहान्छु।’

वैद्यले आफूले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएको र पार्टीले पनि आत्मालोचना गर्न निर्देशन दिएको भन्दै अभिव्यक्ति फिर्ता लिएका हुन्। ‘म महात्मा गान्धीलाई धेरै नै मान्ने मान्छे हो। बोलेर पनि कसैलाई हिंसा गर्नु हुँदैन भन्ने मलाई लाग्छ,’ उनले भने, ‘तर प्रधानम्नत्री ओलीको पछिल्लो गतिविधिले गर्दा आवेगमा आएर मैले त्यस्तो बोल्न पुगेछु।’ सांसद वैद्यले लिखित रुपमा अभिव्यक्ति फिर्तासम्बन्धी पत्र पढेर माफी मागेका थिए।

Check Also

Tribhuvan-University-_9uDuw2p1qD

त्रिविका रोकिएका परीक्षा आजदेखि सुरु

काठमाण्डाै: त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक …